यस्तो छ मिसन र कञ्चन डेभलपमेन्ट बैंकको तेस्रो त्रैमास

Apr 26, 2018 Merolagani

चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक विवरणमा मिसन डेभलपमेण्ट बैंकले गत बर्षको तुलनामा आफ्नो खुद नाफामा एक लाख सुधार गर्दा कञ्चन डेभलपमेण्ट बैंकको खुद नाफा ६१ लाख रुपैयाँले खस्किएको छ । मिसनले यस अवधिमा ५ करोड ६१ र कञ्चनले ३ करोड ९८ लाखमात्र कमाएको हो ।

मिसन डेभलपमेण्ट बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ करोड ६१ लाख ९७ हजार खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा एक लाख २३ हजार रुपैयाँले बढेको हो ।

९ महिना अवधिमा बैंकले ३ अर्ब ५६ करोड निक्षेप संकलन गरेर ३ अर्ब २१ करोड कर्जा लगानी गरेको छ । बैकले खुद व्याज आम्दानी एक करोडले सुधार गरेर १२ करोड ८४ लाख आर्जन गरेको छ । बैंकले अन्य सञ्चालन आम्दानी एक करोड ८९ लाखले सुधार गरेपनि शुल्क कमिसन आय भने घटेको छ ।

समीक्षा अबधिमा बैंक खराव कर्जा ०.४५ प्रतिशतबाट ०.३७ मा झार्न सफल छ । बैकको प्रतिसेयर आम्दानी १४.४३ रुपैयाँ त्रैमासिक छ भने प्रतिसेयर नेटवर्थ ११९.०१ रहेको छ ।

उता कञ्चन डेभलपमेण्ट बैकको खुद नाफा गत आर्थिक बर्षको तुलनामा १३ प्रतिशत घटेर ३ करोड ९८ लाखमा सीसमत भएको छ । बैंकले गत बर्षको तेस्रो त्रैमासमा ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ३ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले ११ करोड ७२ लाखबाट बढाएर १२ करोड ७६ लाख खुद व्याज आम्दानी गरेको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च र कर्जा नोक्सानी कोष सबै एक करोड बढेपछि बैंकको सञ्चालन आम्दानी र नाफा घटेको छ ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात २.१७ प्रतिशतबाट २.६१ प्रतिशतमा बढेपछि जोखिम व्यवस्थापन कोष एक ३७ लाखबाट २ करोड ३५ मा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी बार्षिक १०.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८६ गुणा बढी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।