बैंकको खुद ब्याज आम्दानी गत बर्षको तुलनामा घटेको छ । गत बर्ष १७ करोड ८५ लाख ब्याज आम्दानी कमाएको बैंकले यो बर्ष १६ करोड ४७ लाखमात्र कमाएको छ ।
३१ करोड ४५ लाखको चुक्ता पूँजीलाई ५० करोड ४६ लाख बनाए पनि बैंकले सो बमोजिमको प्रतिफल दिन सकेको छैन । त्यही भएर प्रतिशेयर आम्दानी ३९.४१ रूपैयाबाट १९ रूपैयाँ ९८ मा सीमित भएको छ ।
बैंकको खराब कर्जा ०.५६ प्रतिशतबाट बढेर १.३२ प्रतिशतका पुगेको छ । समीक्षा अबधिमा ३ करोड २४ लाखको जोखिम ब्यवस्थापनका लागि राखिएको रकम बढेर ५ करोड ३४ लाख पुगेको छ ।
बैंकले अहिलेसम्म ३ अर्ब ४४ करोड निक्षेप संकलन गरेर २ अर्ब २४ करोड लगानी गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३५.६७ रहेको छ ।