यस्तो देखियो ग्लोबल आईएमई लघुवित्तको तेस्रो त्रैमास

May 06, 2018 Merolagani

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड १४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले ३ करोड ८३ लाख ११ हजार रुपैंयाको खुद व्याज आम्दानी बढाएर ३ करोड ९७ लाख २३ हजार रुपैयाँ पुर्याए पछि खुद नाफा पनि बढेको हो ।

१ करोड ८० लाख ३५ हजार रुपैंया सञ्चालन मुनाफा कमाएको लघुवित्तको चुक्ता पुँजी ९ करोड ६० लाख रुपैयाँ छ । जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात १ दशमलव २६ प्रतिशत छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९३ पैसा तथा प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २७ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।