सानिमा माई हाइड्राेले देखायो गलत प्रतिसेयर आम्दानी

May 10, 2018 Merolagani

खुद नाफा पाँच करोड ८५ लाख घट्यो
सानिमा माई हाइड्रोपावर कम्पनी (SHPC) को खुद नाफा गत बर्ष तेश्रो त्रैमासको तुलनामा पाँच करोड ८५ लाख रुपैयाँले ह्रास आएको छ । 

गत बर्ष यसै अवधिमा २६ करोड पाँच लाख खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २० करोड २० लाख मात्र खुद नाफा कमाएको हाे । यस अवधिमा कम्पनीले ६१ कराेड ०६ लाख अाम्दानी गर्दा ४० कराेड ८५ लाख खर्च गरेकाे छ ।

सेयर पूँजी दोब्बर पारेपछि कम्पनीको गत बर्ष रहेको ३२ रुपैयाँ ९३ पैसा प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ ७६ पैसामा झरेको छ । तर कम्पनीले गत बर्षको कमाई समेत जोडेर ९ महिना अवधिको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३० पैसा उल्लेख गरेर लगानीकर्ता भ्रमित पार्न खोजेको देखिन्छ ।

कम्पनीहरूले प्रकाशित गर्ने वित्तीय विवरणलार्इ  अाम लगानीकर्ताले विश्वास गर्ने गर्दछन् तर कम्पनीहरूले त्रुटीपूर्ण रूपमा दाेब्बर प्रतिसेयर अाम्दानी देखाउँदा त्यसले लगानीकर्तामा गलत सूचना प्रवाह त भएकाे छ नै कम्पनीले वित्तीय विवरण तयार गर्नुअघि तथ्याङ्क भेरिफाइ गर्ने नगरेकाे समेत यसले पुष्टि गर्दछ । गलत सूचना सम्प्रेषण हुँदा त्यसबाट पर्ने असरतर्फ कम्पनीकाे ध्यान पुग्न जरूरी छ ।

सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ६५ लाख घटेपछि खुद नाफा घटेको हो । विद्युत बिक्रीबाट कम्पनीले ५६ करोड ६९ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत बर्ष ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गरेर कम्पनीको सेयर पुँजी २ अर्ब ११ करोड पुगेको छ । कम्पनीले जगेडा कोष ४९ करोड १९ लाख ४६ हजार रुपैयाँ सञ्चित गरेको छ । गत बर्ष जगेडा कोषमा रकम देखाएको थिएन ।

कम्पनीसँग एक अर्ब ४९ कराेड ८४ लाख रूपैयाँ खुद चालू सम्पत्ती रहेकाे छ ।

सानिमा माई हाइड्रोपावरकाे वित्तीय विवरण यहाँबाट हेर्नुहाेस्..

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।