साना किसानले गर्यो यस्तो प्रगति, जगेडा कोष लोभलाग्दो

May 11, 2018 Merolagani

लघुवित्त कम्पनीहरुलार्इ नाफा वृद्धि गराउन सकस परिरहेको बेला साना किसान लघुवित्त (SKBBL) ले आफ्नो खुद नाफा १५.८५ प्रतिशतले बढाएको छ । गत वर्ष २४ करोड ३ लाख खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ करोड ८४ लाख रुपैयाँ पुर्याएको हो ।

समीक्षा अवधिमा कम्पनीले ५० करोड ३० लाखको चुक्ता पूँजी ६२ करोड ८८ लाख पुर्याएको छ । जगेडा कोष २१ करोड ७६ लाखले बढाएर एक अर्ब २५ करोड सञ्चित गरेको छ । 

कम्पनीकाे जगेडा चुक्ता पूँजीभन्दा दाेब्बर पुगेकाले भविष्यमा सेयरधनीलार्इ लाभांश वितरण गर्ने हुँदा सेयरधनीले राम्राे प्रतिफल पाउन सक्छन् । 

१६ अर्ब ४५ करोड रुपैयाँ साना किसानमा कर्जा लगानी गरेर कम्पनीले एक अर्ब १३ करोड ब्याज आम्दानी गरि ५९ करोड ८१ लाख ब्याज खर्चं गरेको छ । यसबाट लघुवित्तले ५३ करोड २४ लाख खुद ब्याज आम्दानी कमाएको छ । जुन गत बर्ष (४६ करोड ३२ लाख) को तुलनामा १४.९४ प्रतिशत बढी हो ।

शुन्य दशमलव १३ प्रतिशत खराब कर्जा रहेको कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ जोखिम कोषमा छुट्याउँदा बैंक एक करोड १८ लाख रुपैयाँ असुली गरेको छ । उसले सञ्चालन नाफा ३७ करोड ७६ लाखबाट ४२ करोड ५७ लाख पुर्याएको छ ।

बार्षिक प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ०४ पैसा रहेको साना किसानले कर्मचारी खर्च नियन्त्रणमा नै राखेपनि अन्य सञ्चालन खर्च वृद्धिमा ध्यान दिनुपर्ने देखिन्छ । कम्पनीको अन्य सञ्चालन खर्च गत बर्षभन्दा ५० प्रतिशतले बढेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।