कम्पनीले यसअवधिमा ६५ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने २८ करोड ४४ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन र दाबी भुत्तानी दुवै बढेको छ । गतबर्षको चैत्रसम्म कम्पनीले ५१ करोड ८३ लाख खुद बीमा शुल्क संकलन गरी २६ करोड ९४ लाख दाबी भुक्तानी गरेको थियो ।
यसअवधिमा कम्पनीको पुनबीमा कमिशन आय बढेको छ भने खर्च घटेको छ । पुनबीमा आय बापत कम्पनीले १७ करोड आम्दानी गरेको छ । कम्पनीको यस्तो खर्च २ लाख मात्र छ । कम्पनीको लगानी तथा कर्जा समेत बढेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ३० करोड छ । हालसम्म ७० करोड रुपैयाँ दावी भुक्तानी गरिसकेको कम्पनीले अझै ७१ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । हालसम्म कम्पनीलृ एक लाख एक सय २५ बीमा लेख जारी गरेको छ ।
५३ करोड ८२ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ३८ करोड ८३ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ४ करोड ५९ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६३ पैसा छ । प्रतिशेयर नेटवर्थ २ सय ७१ रुपैया ४८ पैसा, मुल्य आम्दानी अनुपात ४० रुपैया ३ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ६ सय ६ रुपैया ७५ पैसा रहेको छ ।