प्रिमियरले बढायाे तीन करोडले नाफा, एफपिओ बिक्रीपछि जगेडा लोभलाग्दो

May 15, 2018 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) काे खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत बर्षको यसै अवधिको तुलनामा तीन करोड चार लाख ७४ हजार रुपैयाँले बढेको छ । यस अवधिमा कम्पनीले १३ करोड ३५ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

प्रिमियरले चालू आवको ९ महिना अवधिमा ६२ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरि २९ करोड ८७ लाख खुद दाबी भुक्तानी गरेको छ । गत बर्ष ५७ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएर १७ करोड ९९ लाख दाबी भुक्तानी गरेको थियो । पुनर्बीमा कमिशनबाट हुने आय तीन करोड पाँच लाख बढाएर १२ करोड ४८ लाख आम्दानी गरेको छ । 

एफपिओ बिक्रीपछि प्रिमियरको जगेडा कोष ६१ करोड ८८ लाख बढेर ७० करोड ४५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । ४४ करोड ८५ लाखको चुक्ता पूँजी ५८ करोड ४० लाख कायम भएको छ । कम्पनीले बीमा कोषमा ४३ करोड ४२ लाख तथा महाविपत्ती जगेडामा तीन करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

३० रुपैयाँ ४९ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ७६ पैसा छ ।
समीक्षा अवधिसम्म एक अर्ब १३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष एक अर्ब ६५ लाख रहेको थियो ।

दाबी भुक्तानी तर्फ तीन हजार ७८० संख्याको एक अर्ब एक करोड ५६ लाख गरेको छ जबकी गत बर्ष कम्पनीले दुई हजार ८५१ संख्याको ६५ करोड ४८ लाख भुक्तानी गरेको गरेको थियो ।

कम्पनीले अब तीन हजार ८२० संख्याबाट परेको एक अर्ब आठ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । गत बर्ष दुई हजार ८५६ संख्याको एक अर्ब ६९ करोड ५६ लाख भुक्तानी गर्न बाँकी रहेको थियो ।

कम्पनीको जारी बीमालेख संख्या १२ हजार बढेर एक लाख ४६ हजार पुगेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८६५ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।