राष्ट्रिय बीमा कम्पनीको मुनाफा ७६ प्रतिशतले बढ्यो,प्रतिशेयर आम्दानी कति ?

May 15, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्रसम्ममा ४६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीको यो मुनाफा गतबर्षको यसै अवधिको तुलनामा ७६.५४ प्रतिशत बढी हो । गतबर्षको चैत्रसम्म कम्पनीले २६ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।

ग्तबर्षको चैत्रको तुलनामा कम्पनकोे नाफा २० करोड रुपैयाँले बढेको छ। कम्पनीको अन्य आय दश करोडले बढेपछि नाफा उच्च रुपमा बढेको हो ।

यस अवधिमा कम्पनीले खुद बीमा शुल्क बाट १७ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यस्तो आम्दानी १६ करोड ४२ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीले १ करोड ७० लाख पुनबीमा बाट र लगानी, कर्जा तथा अन्यबाट १७ करोड २१ लाख आम्दानी गरेको छ ।

२६ करोड चुक्तापूँजी रहेको कम्पनीको समीक्षा अवधिमा जगेडाकोषमा २ अर्ब २ करोड, बिमा कोषमा १ अर्ब ३० करोड रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८५९.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१२ गुणा कायम भएको छ ।

कम्पनीले कुल ७६ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आवमा ३६ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आजन गरेको थियो । हालसम्म कम्पनीले ५ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । अझै कम्पनीले ६३ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।