रैराङ हाइड्रोपावर कम्पनीमा ३ दिनमा कति पर्यो आवेदन ?

May 17, 2018 Merolagani

- तीर्थराज पौड्याल
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RAIRANG) ले बैशाख ३१ गते सोमबारदेखि निष्काशन गरेको आइपिओमा तीन दिनमा १०.४३ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि ७ करोड ६४ लाखको माग गरिएकोमा ७९ करोड ७१ लाख रूपैयाँको आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता आइपिओमध्ये ७ लाख ६४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउँछन् । बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबारसम्म एक लाख ७ हजार ११७ वटा आवेदनबाट ७९ लाख ७१ हजार कित्ताका लागि ७९ करोड ७१ लाख रुपैयाँ बराबरको आवेदन स्वीकृत भैसकेको छ । बुधबार परेका कतिपय आवेदन प्रमाणिकरण हुन बाँकी रहेको क्यापिटलले जनाएको छ ।

यस आईपिओमा ७६ हजार ४०० जना भाग्यमानी आवेदनकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्दछन् । बुधबारसम्म परेको आवेदक संख्या ३० हजार ७१७ धेरै हो ।

आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ । अन्य दिनमा भन्दा अन्तिम दिनमा धेरै आवेदन पर्ने हुँदा यस आईपिओमा पनि लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ता मात्र सेयर प्राप्त गर्नेछन् ।

यस आईपिओमा प्रतिसेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम चार हजार २०० कित्तासम्मका धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा घर तथा कार्यालयबाटै मेरो शेयर मार्फत आवेदन गर्न सक्नेछन् ।

तर १० कित्ता सेयर पनि गोलाप्रथाबाट पाउनुपर्ने अवस्था रहेकाले पाँच हजारको आवेदन नै काफि देखिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।