झण्डै तीन अर्बको सेयर सूचीकृत, प्रभु बैंकको सबैभन्दा बढी

May 18, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्जमा शुक्रबार दुई अर्ब ९० करोड ५२ लाख पाँच हजार ३०० रुपैयाँको दुई करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचीकृत भएको छ ।

प्रभु बैंकले यसअघि जारी गरेकाे ४० प्रतिशत  र पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद सेयर सूचीकृत गरेका हुन् ।

अन्य ७ कम्पनीहरु शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मितेरी डेभलपमेण्ट बैंक, सिर्जना फाईनान्स, डिप्रोक्स लघुवित्त, प्रिमियर इन्स्योरेन्स, नेशनल र समता माईक्रोफाईनान्सले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेका बोनस सेयर शुक्रबार सूचीकरण गराएका हुन् । 

सूचीकृत भएको सेयरमध्ये सबैभन्दा बढी प्रभु बैंकको दुई करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद रहेको छ भने समता माईक्रोफाइनान्सको सबैभन्दा कम ६३ हजार २०० कित्ता रहेको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।