जीवन बीमा कम्पनीमध्ये कुन अब्बल कुन कमजोर ? हेर्नुहाेस् तुलनात्मक विश्लेषण

May 18, 2018 Merolagani

- सुरेन्द्र थापा
जीवन बीमा कम्पनीहरुले गत बर्षको तुलनामा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा व्यापार विस्तारका साथै नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । तर यहाँ नेप्सेमा सूचीकृत भई कारोबारमा रहेका आठ कम्पनीको मात्रै तुलनात्मक वित्तीय विवरण प्रस्तुत गरेका छौं ।

चालू आर्थिक बर्षको तेस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन अनुसार नेप्सेमा सूचीकृत आठ बीमा कम्पनीहरुले एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । कम्पनीहरुको नाफा गत बर्षको यसै अवधिको तुलनामा २५.३१ प्रतिशतले बढेको हो ।गत आर्थिक बर्षको चैत्रसम्म ८ जीवन बीमा कम्पनीले ८७ करोड खुद नाफा कमाएका थिए ।

नेप्सेमा सूचीकृत आठ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४३ करोड ५८ लाख नाफा कमाएको छ । सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले एक करोड ४७ लाख कमाएको छ ।

तर गत बर्षको तुलनामा भने सबैभन्दा धेरै नाफा बीमा संस्थानको १२२ प्रतिशतले बढेको छ ।सबैभन्दा कम नेपाल लाइफको ६.३७ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले शतप्रतिशत नाफा बढाउदा अन्य कम्पनीले १२ देखि ६२ प्रतिशतसम्म नाफा बढाएका छन् ।

तेस्रो त्रैमाससम्ममा आठ जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले मात्र बीमा समितिले तोकेको चूक्ता पूँजी पुर्याएको छ । बीमा समितिले ०७५ असारसम्म जीवन बीमा कम्पनीलाई चूक्ता पूँजी दुई अर्ब कायम गर्न निर्देशन दिएको छ ।

नेपाल लाइफको सबैभन्दा धेरै चार अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी छ । जसको जगेडा कोषमा समेत तीन अर्ब ४८ करोड रुपैयाँ छ । चूक्ता पूँजी र जगेडा कोषको आधारमा नेपाल लाइफ सबैभन्दा बलियो कम्पनी देखिएको छ । आठ कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम १८ करोड मात्रै चूक्ता पूँजी छ । त्यस्तै जगेडा कोषको आकार पनि संस्थानको सबैभन्दा कमजोर १६ करोड मात्रै रहेको छ ।

जीवन बीमा कोष र प्रिमियम संकलनमा पनि नेपाल लाइफले सबै कम्पनीलाई पछि पारेको छ । ४७ अर्ब ६८ करोडको बीमा कोष रहेको कम्पनीले चैत्रसम्ममा दश अर्ब ७० करोड खुद बीमा शुल्क आर्जन गरेको छ । आठ कम्पनीमध्ये सूर्या लाइफ इन्स्योरेन्सको बीमा कोष सबैभन्दा कमोजर देखिएको छ । जसको बीमा कोषमा ३ अर्ब २३ करोड मात्र छ ।

खुद बीमा शुल्क आर्जनमा सबैभन्दा पछि परेको गुराँस लाइफले ८९ करोड मात्र प्रिमियम संकलन गरेको छ । आठ बीमा कम्पनीको जीवन बीमा कोषमा कुल रकम एक खर्ब ४८ अर्ब रुपैयाँ छ । चैत्रसम्म यी कम्पनीले २९ अर्ब खुद बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको नौ महिनासम्मको अपरिष्कृत तथ्याङ्क केलाउदा नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १७ रुपैयाँ ८२ पैसा प्रतिसेयर आम्दानी देखिन्छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको १३ रुपैयाँ १८ पैसा र सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सको ३ रुपैयाँ ६६ पैसा प्रतिशेयर आम्दानी कायम भएको छ । बीमा समितिले तोकेको चुक्ता पूँजी बढाउने दबावले पूँजी बढ्दा अधिकांश कम्पनीले प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् ।

शेयरमूल्यका आधारमा सबैभन्दा महङ्गाे कम्पनी राष्ट्रिय बीमा संस्थान रहेको छ । जसको प्रतिसेयर मूल्य पाँच हजार एक सय रुपैयाँ छ । सबैभन्दा कम प्राइम लाइफको ६९२ रुपैयाँ छ । मुल्य आम्दानी अनुपात र नेटवर्थ राष्ट्रिय बीमा संस्थानको सबैभन्दा धेरै देखिन्छ । सबैभन्दा कम मुल्य आम्दानी अनुपात सूर्या लाइफको र सबैभन्दा कम नेटवर्थ एशियन लार्इफको देखिएको छ ।

नेप्सेमा सूचीकृत आठ बीमा कम्पनीहरुमध्ये विभिन्न दश सूचांकका आधारमा सबैभन्दा अब्बल नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ । नेपाल लाइफ चुक्ता पूँजी, जगेडा कोष, खुद नाफा, बीमा कोष र प्रिमियम संकलनमा सबैभन्दा बलियो देखिएको छ । तर नाफाको वृद्धिदरमा भने नेपाल लाइफ सबैभन्दा पछि परेको छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थानको खुदनाफा वृद्धिदर, शेयरमूल्य, प्रतिसेयर आम्दानी अनुपात र नेटवर्थ सबैभन्दा धेरै छ । तर चुक्ता पूँजी, जगेडा कोष र नाफामा सबैभन्दा कमजोर देखिएको छ । प्रतिसेयर आम्दानीको आधारमा भने नेशनल लाइफ सबैभन्दा अगाडि देखिएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।