कर्णाली डेभलपमेन्टको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

May 21, 2018 Merolagani

कर्णाली डेभलपमेन्ट बैंकले लिलामीमा राखेको १७ लाख ६२ हजार कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले २२५ प्रतिशत हकप्रदमा नबिकेको संस्थापक तथा साधारणतर्फको गरी उक्त परिमाणको शेयर वैशाख ३१ गतेदेखि बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता तथा तीन लाख ९१८ कित्ता साधारण गरि कूल १७ लाख ६२ हजार १८८ कित्ता अबितरित हकप्रद लिलाम बढाबढमा राखेको छ । 

लिलामी सेयर सकार्न इच्छुक व्यक्ति, कम्पनी, तथा संघ संस्थाले सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा जेठ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

विक्री प्रबन्धकको अतिरिक्त प्रभु बैंकको शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत, धनगढी र कर्णाली डेभलपमेण्टको नेपालगञ्ज, बाँके, दाङ तुल्सिपुर घोराही, लमही शाखा कार्यालय मार्फत बोलपत्र पेश गर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।

लिलामीमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम सबै कित्ता माग गर्न सकिनेछ । लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्न सकिनेछ । सबैभन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेश गर्ने आवेदकलाई सेयर बाँडफाँड हुनेछ ।

चुक्ता पूँजी १५ करोड १० लाख रुपैयाँ रहेको बैंकको लिलामी सेयर बिक्रीपछि चुक्ता पूँजी४९ करोड ७ लाख  रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कर्णालीले ११ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।