राधी विद्युतको नाफा ४ करोड २३ लाख, उत्पादन घट्नुमा प्राधिकरणलाई दोष

May 22, 2018 Merolagani

राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड २३ लाख नाफा कमाएको छ । गतवर्ष सम्मको गरी कम्पनीले कुल ८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले विद्युत बिक्रिवाट १० करोड ८० लाख र अन्य स्रोतवाट ४५ लाख आम्दानी गरेको छ ।

यस्तै प्रशासनिक खर्च १ करोड १७ लाख, ह्रासकट्टिका लागि १ करोड ५३ लाख, ब्याज खर्च २ करोड ९५ लाख र प्रस्तावित कर्मचारी बोनसका लागि ८६ लाख रुपैयाँ गरी कुल ६ करोड ९१ लाख रुपैयाँ खर्च भएको कम्पनीले प्रतिबेदनमा उल्लेख गरेको छ ।

कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड र चक्तापुँजी ४१ करोड रुपैयाँ रहेको छ । यस्तै जगेडा कोष तथा संचित नाफामा १३ करोड छुट्टाएको छ ।

गत पुसमा ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरको कम्पनीको प्रतिशेयर आम्दानी १३.७७ रुपैयाँ, प्रतिनेटवर्थ १३१.७२ रुपैयाँ र तरलता अनुपात ३.१९ प्रतिशत रहेको छ ।

नेपाल विद्युत प्रधिकरणको ३३ के.भी प्रसारण लाइनमा आइराख्ने समस्याका कारणवाट विद्युत बिक्री घट्न गएको र खोलामा पानीको प्रवाह घट्दा त्यसको असर विद्युत उत्पादनमा परेको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।