रैराङ हाइड्रोको आइपीओ बुधबार बाँडफाँड हुँदै, आवेदन रद्ध हुन छाडेन

May 22, 2018 Merolagani

रैराङ हाइड्रोको साधारण सेयर बुधबार बाँडफाँड हुने भएको छ । गत फागुन ११ देखि सिआस्वा पूर्ण कार्यान्वायनमा आए पनि आवेदन रद्द हुने क्रम रोकिएको छैन । जसका कारण कतिपय लगानीकर्ता सेयर बाँडफाँड प्रकृयामा समेत सामेल हुन नपाउने भएका छन् ।

गत बैशाख ३१ गते सोमबारदेखि निष्काशन भएको हाइड्रोको सेयर बाँडफाँड अपेक्षित समयभन्दा ढिलो गरी हुन लागेको हो । यस अघि आरम्भ माइक्रोफाइनान्सको साधारण सेयर ३७ घण्टामा बाँडफाँड भए पनि सिआस्वाको सफ्ट्वेयरका कारण ५ कार्य दिनमा मात्र हाइड्रोको सेयर बाँडफाँड हुन लागेको हो ।

गत बिहीबार हाइड्रोको सेयर निष्काशन बन्द भएकोमा सिआस्वाको अनलाइन सफ्ट्वेयरमा पटक पटक डिस्कनेक्ट हुने समस्या आए पछि भेरिफाइ भएका आवेदन अनभेरिफाइड भएका थिए । यही समस्यालाई हेरेर धितोपत्र बोर्डले केही दिन अघि मात्र केन्द्रिय निक्षेप प्रणालीलाई सिआस्वा प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

सिआस्वा कार्यान्वायनमा आए पनि सेयर आवेदन रद्ध हुने क्रम राेकिएकाे छैन । रैराङको साधारण सेयरमा कुल १ लाख ७५ हजार ४ सय ७२ वटा आवेदन परेका छन् । जसमध्ये १ सय ९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उल्लेखित कुल आवेदकबाट १ करोड ३५ लाख ८८ हजार ३६० कित्ता सेयर माग भएकोमा १२ हजार ७ सय ६० कित्ता सेयर माग भएको १ सय ९४ आवेदन रद्द भएको हो । उनीहरुलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइने क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख रुपैंया बराबरको सेयर निष्काशन गरेको थियो । जस अनुसार ७६ हजार ४ सय ४० जनाले १० कित्ताका दरले सेयर पाउने छन् । हाइड्रोले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ७ लाख ६४ हजार कित्ता सर्वसाधारण र बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।