रैराङ हाइड्रोपावरको आइपिओ तपाईलाई पर्यो कि परेन ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

May 23, 2018 Merolagani

रैराङ हाइड्रोपावरकोको साधारण सेयर बुधबारबार बाँडफाँड भएको छ । हाइड्रोको सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीको सेयर १७.७८ गुणाले अधिक माग भएकोमा कुल आवेदकमध्ये ४३.५६ प्रतिशतले सेयर प्राप्त गरेका छन् ।

निष्काशन गरिएको ८ लाख ४० हजार कित्ता सेयरमध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना सर्वसाधारण आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् । त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी  रैराङ हाइड्रोपावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा अाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

रैराङको साधारण सेयरमा कुल एक लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा एक लाख ७५ हजार २७८ जनाको आवेदन स्वीकृत भएको छ भने १९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

एक करोड ३५ लाख ७५ हजार ६०० कित्ता सेयरको आवेदन स्वीकृत भएको थियो । १९४ आवेदकको १२ हजार ७६० कित्ता सेयर माग आवेदन विविध प्रकारको त्रुटीका कारण रद्ध भएको छ ।

कुल आवेदकबाट एक करोड ३५ लाख ८८ हजार ३६० कित्ता सेयर माग भएकोमा १२ हजार ७६० कित्ता सेयर माग भएको १ सय ९४ आवेदन रद्द भएको हो ।

यस आईपिओमा प्रतिसेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम चार हजार २०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो ।

>रैराङ हाइड्रोपावरको आईपिओ बाँडफाँड, ४३.५६% अावेदकले पाए १० कित्ता

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।