नेको इन्स्योरेन्सको दुई लाख कित्ता संस्थापक सेयर लिलामीमा

May 27, 2018 Merolagani

नेको इन्स्योरेन्स (NIL) को आइतबारबार देखि दुई लाख कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कोष व्यवस्थापन कम्पनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर लिलाम बढाबढमा २१ दिनको सूचना निकालेर विक्री गर्न लागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले असार ३ गतेसम्म सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

लगानीकर्ताले आवेदन गर्दा न्यूनतम प्रतिकित्ता २४२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी लिलामीमा आएको सम्पूर्ण कित्ताको लागि शिलबन्दी बोलपत्र गर्न सक्ने कम्पनीले जनाएको छ ।

चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले २१ कराेड ०३ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी ३५ रूपैयाँ ७७ पैसा कायम गरेकाे छ । विहीबार इन्स्योरेन्सकाे प्रतिकित्ता ६०० रूपैयाँमा सेयर काराेबार भएकाे छ ।

लिलामीकाे सूचना यहाँबाट हेर्नुहाेस् ..

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।