बैंकले अर्को साधारण सभा नहुञ्जेलसम्मका लागि संस्थापक सञ्चालक नियुक्त गर्न विशेष साधारण सभा बोलाएको हो । नेपालगञ्जमा हुने साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २१ गतेदेखि सेयरधनी दर्ता पुतिका बन्द गर्नेछ ।
बैंकले लिलामीबाट सेयर बेच्ने क्रममा सबै आवेदकलाई सेयर बितरण गरेको छ । साधारण र संस्थापक गरी बैंकको १७ लाख ६२ हजार कित्ता शेयर मा बाडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको ९ लाख ३७ हजार ७ सय कित्ता संस्थापक सेयर न्यूनतम १०१ रुपैयाँ कबोल गर्ने सबै आवेदकलाई बितरण गरिएको हो । संस्थापक सेयरका लागि १० जनाले आवेदन दिएका थिए ।
बैंकको १४ लाख ६१ ह्जार २७० कित्ता साधारण सेयरमा आवेदन गरेका १६५ जनाले नै सेयर पाएका छन् । उनीहरुले बैंकको साधारण सेयरमा न्युनतम १२५ रुपैंयाको बोलकबोल गरेका थिए
योसँगै बैंकको चुक्ता पूँजी ४९ करोड रुपैयाँ नाघेको छ ।