तारागाउँ रिजेन्सी होटल्सले खुद नाफा साढे २७ करोड

May 29, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा तारागाउँ रिजेन्सी होटल्स(TRH) ले २७ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्ष कम्पनीले २५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत बर्षको तुलनामा ९.७९ प्रतिशतले खुद नाफा बढाएको हो ।

यस त्रैमासमा चालू आवको ९ महिना अवधिमा होटल्सले ९१ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत बर्षको तुलनामा कम्पनीले दुई करोड १८ लाख रुपैयाँ धेरै नाफा आर्जन गरेको हो ।

होटल्सको सेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख र जगेडा कोषमा ८९ करोड ४१ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १७.८१ गुणाले बढी रहेको देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।