प्राइम लाइफको लिलामी सेयर कति मूल्य हाल्नेले पाए ?

May 30, 2018 Merolagani

१६० प्रतिशत हकप्रद सेयर नबिकेर लिलाममा राखेको प्राइम लाइफले लिलामीबाट सेयर बिक्री गरेको छ । इन्स्योरेन्सको लिलामी सेयर सकार्नेहरुको न्युनतम मूल्यको प्रारम्भिक नतिजा तयार भएको छ ।

दोस्रो बजारमा ६८५ रुपैंया प्रतिकित्ताको दरमा कारोबार भैरहेको कम्पनीको सेयरमा ७२० रुपैंयासम्मको बोलकबोल परेको छ । प्रारम्भिक नतिजा अनुसार कम्पनीको सेयरमा न्युनतम ६२१ रुपैंया ५१ पैसा मूल्य हाल्नेहरुले सेयर पाएका छन् ।

कम्पनीको लिलामी सेयरमा कुल १ हजार १६ जनाले आवेदन गरेका थिए । जसमा ४५ वटा आवेदन रद्ध भए पछि ९७१ वटा आवेदनलाई मात्र बाँडफाँड प्रकृयामा समावेश गराइएको छ ।

त्यसमा पनि ६२१ रुपैंया ५० पैसाभन्दा माथिको मूल्य हाल्ने १९७ आवेदकले मात्र सेयर पाएका हुन् । कम्पनीको सेयरमा अधिकांस सामुहिक लगानी कोषहरुले आवेदन गरेका छन् ।

प्राइम लाइफले चुक्ता पुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २८ पैसा कायम गरेको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।