एशियन लाइफ र ग्रीन डेभलपमेन्ट बैंकको लिलामी सेयर किन्ने विहीबार अन्तिम दिन

May 31, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) र ग्रीन डेभलपमेन्ट बैंकले जेठ १० गतेदेखि लिलामीमा ल्याएको लिलामी सेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ । 

एशियनले ९८ हजार २४६.२० कित्ता साधारण सेयर र ग्रीनले ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक र ३ लाख १३ हजार ७१३ कित्ता साधारण सेयर लिलामीमा ल्याएका हुन्। 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलय तथा शाखा कार्यलयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगंज र गोल्छाचोक विराटनगरमा पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढि शाखा कार्यलयहरुबाट पनि आवेदन दिन सकिने बताइएको छ ।

एशियन लाईफले गत फागुन १३ गतेदेखि बैशाख ३ गतेसम्म दुई बराबर एक कित्ता अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद जारी गरेको थियो ।

चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले तीन करोड ३२ लाख रूपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले चार सय प्रतिशत हकप्रदमा सबै सेयर बिक्री नभएपछि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलाम बढाबढमा जेठ १० गतेदेखि लिलामी खुला गरेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकले यसअघि माघ १० देखि फागुन २३ गतेसम्म ४०० प्रतिशत हकप्रद जारी गरेको थियो । सो समयमा ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक र ३ लाख १३ हजार ७१३ कित्ता साधारण सेयरमा माग आवेदन नपरेपछि लिलामी मार्फत विक्री गर्न लागेको हो ।

लिलामीका लागि इच्छुकले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स मार्फत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको बैंकले चालू आवको तेश्रो त्रैमासमा २५ लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।