पूँजी बजारलाई भ्याट मुक्त गर्ने नीति सकारात्मक, लाभकर बृद्धि नकारात्मक:चेम्बर

May 31, 2018 Merolagani

नेपाल चेम्बर अफ कमर्सले आर्थिक बर्ष २०७५/७६को वजेटले पूँजी बजारलाई भ्याट मुक्त गर्ने नीति सकारात्मक रहेको बताएको छ । तर पूँजीगत लाभकर बृद्धिले सेयर बजारमा नकारात्मक असर परेको चेम्बरको भनाई छ ।

विहीबार चेम्बरले प्रेस विज्ञप्ति जारी गर्दे सरकारको नीति तथा कार्यक्रमले आगामी अािर्थक बर्षलाई समृद्धिको आधारबर्षको रुपमा लक्षित गरिएको सन्दर्भमा बजेट सन्तुलित रहेको बताएको छ ।

तर पँजीगत खर्च बढाउने उपाय छिटो लागु नभएमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेटाउन र ६.५ प्रतिशतमा मुद्रास्फीति कायम गर्न चुनौती रहेको पनि उसको ठहर छ ।

वजेटले न्यूनतम १७२ अर्ब आन्तरिक ऋण व्यहोर्ने कुराको हल्लाले बजारमा तरलता अभाव अझै चुलिन गई बैंक ब्याजदर बढ्ने चिन्ता समेत व्यक्त गरेको छ ।

चेम्बरले औधोगीक क्षेत्र विशेष आर्थिक क्षेत्र उद्योग ग्राम खोल्ने, निर्यातमा अनुदान बढाउने कुरा सकारात्मक रहेको भन्दै अ‍ौद्योगीक क्षेत्रको उत्पादन बृद्धि गरि प्रतिस्पधी बनाउनु पर्नेमा जोड दिएको छ ।

करको दायरा बढाउन शुल्क, जरिवाना मिनाहा गर्ने व्यवस्था स्वागत योग्य रहेको उल्लेख गर्दे उद्योग व्यवसाय क्षेत्रमा प्रशस्त कार्यक्रम नआएको गुनासो गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।