सिबिआईएल क्यापिटल र युनिभर्सल पावरले आईपिओ निष्काशन गर्न मागे अनुमति

Jun 06, 2018 Merolagani

सिबिआईएल क्यापिटल (CBIL) र युनिभर्सल पावर कम्पनी सर्वसाधारणमा सेयर जारी गर्न अनुमतिका लागि धितोपत्र बोर्ड पुगेका छन् । सीबीआईएल क्यापिटलले बैशाख १९ गते र युनिभर्सल पावर कम्पनीले जेठ १८ गते निवेदन पेश गरेको बोर्डले जनाएको छ ।

सिबिआईएल क्यापिटलले तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्न कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

त्यसैगरि जारी पूँजी दुई अर्ब १० करोड रूपैयाँ रहेकाे युनिभर्सल पावर (UPCL) ले ४६ प्रतिशत बराबरको साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६१० कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । साधारण सेयर जारी गर्न युनिभर्सलले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले गत माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

निष्काशन हुने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित लागि निष्काशन हुनेछ भने बाँकी सेयर संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।

कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको कम्पनीले जनाएकाे छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।