उन्नति माइक्रोफाइनान्स २०% हकप्रद अनुमति माग्दै पुग्याे धिताेपत्र बाेर्ड

Jun 07, 2018 Merolagani

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स (UMB) ले चुक्ता पूँजी बढाउन २० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न लघुवित्तले नियामक निकाय धितोपत्र बोर्डमा जेठ २० गते अनुमति माग्दै निवेदन दिएको छ ।

उन्नति माईक्रोफाइनान्सकाे गत चैत २१ गते सम्पन्न साधारण सभामा २५ प्रतिशत हकप्रद प्रस्ताव गरेपनि प्रस्ताव संसोधन गरेर २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले निष्काशन अनुमति मागेको एक लाख १० हजार कित्ता हकप्रद पश्चात लघुवित्तको पूँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।