नेशनल हाईड्रोले असार १५ गते डाक्यो साधारण सभा, लगानीकर्ताको हात रित्तै

Jun 10, 2018 Merolagani

नेशनल हाईड्रो पावर कम्पनी (NHPC) ले बिना लाभांश २१ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आगामी असार १५ गते गोदावरी अल्मोनाई एसोसिएसन सभा हल ठमेलमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

व्यवस्थापकिय कमजोरीका कारण कम्पनीको जगेडा कोष नोक्सानी रकम बढ्दै गएकाले लगानीकर्तालाई लाभांश बाँड्न सक्ने अवस्था कम्पनीसँग छैन ।

चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीको जगेडा नोक्सानी बढेर ४४ करोड २७ लाख पुगेको छ । यस कारणले कम्पनीले कुनै प्रकारको लाभांश वितरण गर्नसक्ने अवस्था छैन । 

साधारण सभाको लागि कम्पनीले असार १ गते देखि सेयर दर्ता किताब बन्द गर्नेछ । यसअनुसार जेठ ३१ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागि हुन पाउनेछन् । सभामा लेखापरिक्षक नियुक्ति र कम्पनीको नाफा नोक्सानमाथि छलफल गर्ने कार्यक्रम छ ।

एक अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेशनल हाइड्रोको बार्षिक प्रतिसेयर ६ रुपैयाँ ८८ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।