श्री इन्भेष्टमेन्ट फाइनान्सको साधारण सभा

Jun 11, 2018 Merolagani

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले असार २२ गते शुक्रबार अमृत भोग क्याटर्स कालिका स्थानमा बिहान १० बजे २३ औं बार्षिक साधारण आह्वान गरेको छ।

सभाले चुक्ता पूँजी ६३ करोड २१ लाखको २६.५७ प्रतिशत बराबरको १६ करोड ७९ लाख ७८ हजार रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्देछ । त्यसैगरि ३/३ जना संस्थापक र साधारण सेयरधनीको निर्वाचन गर्ने, लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।


फाइनान्सले साधारण सभाका लागि फाइनान्स कम्पनीले असार ४ गते सेयरधनी किताब बन्द गर्ने जनाएको छ । यसअनुसार असार ३ गतेसम्म कायम रहेका सेयरधनीले सभाले पारित गर्ने बोनस पाउनेछन् ।

साबिकको एभरेष्ट फाइनान्स प्राप्ती गरेको फाइनान्सका २०७३ माघ १८ गतेसम्म कायम सेयरधनी बाहेक बुकक्लोजसम्म सेयर प्राप्त गर्ने सेयरधनीले बोनसमा लाग्ने कर तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।