रैराङकाे अर्को साताबाट सेयर कारोबार खुल्ने,५६ लाख कित्ता सेयर सूचीकृत

Jun 13, 2018 Merolagani

रैराङ हाइड्रोपावर कम्पनीको अगामी साताबाट सेयर कारोबार सुरु हुने भएको छ । कम्पनीले बुधबार नेपाल स्टक एक्सचेञ्जमा ५६ लाख कित्ता सेयर सूचीकृत गराएसँगै अर्को साताबाट सेयर कारोबार खुल्ने भएको हो ।

रैराङ हाइड्रोपावरले सर्वसाधारणमा गत बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म ८ लाख ४० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमध्ये ३३ हजार ६०० कित्ता सेयर संस्थाका कर्मचारी र ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टाएर ७ लाख ६४ हजार ४०० कित्ता आइपिओको रुपमा जारी गरेको थियो । सो सेयर कम्पनीले जेठ ९ गते बाँडफाँड गरेको थियो ।

कम्पनीकाे सेयर रजिष्ट्रार भिबाेर क्यापिटल रहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।