कामना सेवा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

Jun 14, 2018 Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ५.५० प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको ५.५ प्रतिशतले हुन आउने १३ करोड चार लाख ७० हजार १९२ रुपैयाँको बोनस तथा ६.५० प्रतिशतले हुन आउने १५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । चालू आवको तेश्रो त्रैमासमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।