सांग्रिला डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सुरक्षित गर्ने अन्तिम दिन

Jun 17, 2018 Merolagani

आइतबार एकैदिनमा सांग्रिला विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र मञ्जुश्री फाइनान्सको बोनस तथा नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

तीनवटै कम्पनीले सोमबारदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आईतबारसम्म कायम रहेका सेयरधनी मात्र बोनका लागि योग्य हुनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले असार १७ गते काठमाडौंमा हुने १३ औं साधारण सभाबाट २.५ प्रतिशत बोनस र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने घोषणा गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार रुर्पैयाँ रहेको छ । बैंकले बोनस वापत ६ करोड ११ लाख ३० हजार रुपैयाँ वितरण पश्चात बैंकको चुक्तना पूँजी दुई अर्ब ५० करोड६३ लाख ८५ हजार नाघ्नेछ ।

आइतबारको कारोबार अनुसार सांग्रीलाको बजार मूल्य प्रतिकित्ता १६३ रुपैयाँ हाराहारीमा रहेको छ ।

यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले पनि २६ दशमलव ७५ प्रतिशत बोनस बोनस वितरण गर्न यही असार २२ गते साधारण सभा डाकेको छ । फाइनान्सको हाल चुक्ता पूंजी ६३ करोड २१ लाख रहेकोमा बोनसपछि चुक्ता पूँजी ७९ करोड ६४ लाख पुग्नेछ । सो फाइनान्सको प्रतिकित्ता शेयरमूल्य २१८ रुपैयाँ रहेको छ ।

उता ५ दशमलव ७१ प्रतिशत बोनस घोषणा गरेको मञ्जुश्री फाइनान्स (MFIL) ले बोनस वितरण गर्नका लागि अनुमोदन गराउन असार २० गते साधारण सभा बोलाएको छ ।

७६ करोड ५ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनसपछि ८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । सो फाइनान्सको पछिल्लो बजार मूल्य प्रतिकित्ता १३० रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।