बोनस वितरण गर्न तीनवटै कम्पनीले सोमबारदेखि सेयरधनी किताब बन्द गरेका हुन् । यसअनुसार तीनवटै कम्पनीका आइतबारसम्म कायम सेयरधनीले सो कम्पनीले प्रस्ताव गरेको बोनस तथा लाभांश पाउनेछन् ।
बाेनस पश्चात कसकाे कति पुग्छ पूँजी ?
दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सांग्रिला डेभलपमेन्ट बैंकको बोनसपश्चात दुई अर्ब ५० करोड ६३ लाख रुपैयाँ हुनेछ ।
६३ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २६.५७ प्रतिशत बोनस पश्चात ८० करोड एक लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरि मञ्जुश्री फाइनान्सको हाल चुक्ता पूँजी ७६ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ४ लाख पुग्नेछ ।