मुलुकभित्रको स्रोत,साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने: प्रधानमन्त्री

Jun 20, 2018 RSS

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । 

सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए । 

विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाए ।

“अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ । नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पु¥याउनेछ ।” प्रधानमन्त्री ओलीले भने, “आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु ।” प्रधानमन्त्री ओली पहिलोपटक सन् २०१६ को मार्चमा चीनको औपचारिक भ्रमणमा गएका थिए ।

उनले अघिल्लोपटक भएका व्यापार र पारवहन सम्झौता कोशेढुंगा भएको र त्यसले पूर्वाधार विकासका क्षेत्रमा अझ नयाँ उचाइमा पु¥याउन योगदान गर्ने र ती सम्झौतालाई अघि बढाउने पहल भइरहेको बताए ।

“हाम्रा स्रोत, साधनको परिचालन र छिमेकी र सहयोगीको साथ सहयोग लिएर अघि बढिनेछ । राजनीतिकरुपमा स्थिर र स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्छ । प्राकृतिक स्रोत र कच्चा पदार्थ सहज उपलब्ध छ । मजदूर हडतालका समस्या छैनन् । समृद्धि र विकासका लागि उपयुक्त वातावरण बनेको छ ।” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

समृद्ध र गतिशील मुलुक बनाउन पर्यटन, कृषि, उद्योगका क्षेत्रमा सहकार्यमा जोड दिँदै उद्यमशीलताको वृद्धि गरी दक्ष जनशक्ति, कृषिका निम्ति आवश्यक पर्ने पूर्वाधारको तयारी र प्रविधि हस्तान्तरणमा क्षेत्रमा काम गर्नुपर्नेमा उहाँले जोड दिए ।

“चीनको असाधारण क्षमता छ । सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,” प्रधानमन्त्री ओलीले भने ।

नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको पनि बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।