सिभिल बैंकले प्रस्ताव गर्यो बोनस

Jun 20, 2018 Merolagani

सिभिल बैंक (CBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलार्इ १०.२५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालनक समितिको जेठ २१ गते सम्पन्न २४८ औं बैंठकले सेयरधनीलाई ७४ करोड ४० लाख रुपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १०.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब  ३३ लाख ८९ हजार ६७३ रुपैयाँ कायम हुनेछ । यससँगै राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी बैंकले कायम गरेको छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।