बिहीबारदेखि रैराङ हाइड्रोपावरको खुल्यो कारोबार

Jun 21, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा विहीबारदेखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेमा सेयर सूचीकृत गराएको एक सातापछि कम्पनीको सेयर कारोबार खुला भएको हो ।

नेप्सेले रैराङको कारोबारका लागि ‘आरआरएचपी’  (RRHP) कारोबार संकेत प्रदान गरेको छ। अब यहि कारोबार संकेतमा विहीबारदेखि कम्पनी कारोबार हुनेछ । 

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ९८ रुपैयाँ ४२ पैसादेखि २९५ रुपैयाँ २३ पैसासम्मको कारोबार रेन्ज पाएको छ । यहि मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुनेछ ।

रैराङले गत वैशाख ३१ देखि जेठ ३ गतेसम्म ८ लाख ४० हजार कित्ता साधारण सेयर जारी गरेर ५६ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।