तीन बीमा कम्पनीलाई उत्कृष्ट सम्मान

Jul 05, 2018 Merolagani

बाली तथा पशुपन्छी बीमा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्रालयले ३ निर्जीवन बीमा कम्पनीलाई सम्मान गरेको छ । बीमा समितिसंगको समन्यवमा मन्त्रालयले एनएलजी इन्स्योरेन्सलाई सर्बोत्कृष्ट र सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सलाई उत्कृष्ट सम्मान गरेको हो ।

पशु तथा बाली बीमाको बीमाङ्क रकम, लाभान्वित कृषक वा कृषि व्यवसायीको पहुँच र सेवा विस्तारको क्षेत्रका आधारमा बीमा कम्पनीहरुको छनौट गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आर्थिक वर्ष २०६९/७० को माघ १ गते देखि औपचारिक रुपमा बाली तथा पशुधन बीमा कार्यमक्रम सुरु भएको हो ।

यस्तै मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई प्रदान गरेको छ । गोरखा पालुङटारका पन्तलाई गाई पालन विधामा राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण तथा सम्मान गरेको हो ।

भरतपुर महानरनगरपालिका चितवनका योगेन्द्रबहादुर खड्कालाई बाख्रापालनमा, खजुरा गाँउपालिका बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको छ ।

यस्तै धनुषा ननुपट्टी गाँउपालिका बौएलाल मुखियालाई माछापालन र कैलाली टिकारपुर नगरपालिकाका रामबहादुर कुँवरलाई केरा खेतीको लागि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो ।

मन्त्रालयले सर्वोत्कृष्टलाई २ लाख र उत्कृष्टलाई १ लाख रुपैयाँ नगद तथा प्रमाणपत्रबाट सम्मान गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।