बैंकले दुई करोड ८० लाख ८० हजार ८१६ रुपैयाँ बराबरको बोनस पारित गर्न यहि असार ३१ गते मिरावल रिसोर्ट एन्ड होटल प्रालि, धुलिखेलमा बिहान १० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाका अन्य प्रस्तावहरूमा उपयुक्त्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशन गर्न सञ्चालक समितिलार्इ अख्तियारी प्रदान गर्ने, बीमा अभिकर्ता भर्इ काम गर्ने, सर्वसाधारण समूहका ३ जना सञ्चालकहरुको निर्वाचन , चितवन र मकवानपुरमा कार्यक्षेत्र विस्तार गर्ने लगायतका रहेका छन् ।
बैंकले राष्ट्र बैंकले ताेकेकाे न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउन उल्लेखित बोनस प्रस्ताव गरेको हो । अहिले बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख ४६ हजार रुपैयाँ छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
बैंककाे साधारण सभाकाे सूचना यहाँबाट हेर्नुहाेस्