बीमा समितिका अनुसार गत वैशाखको अन्त्यसम्ममा १७ निर्जीवन कम्पनीहरुले सबैभन्दा धेरै मोटर बीमा मार्फत ७ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै अग्नि बीमा अर्न्तगत ३ अर्ब २७ करोड, इन्जिनियरिङ्ग बीमा अर्न्तगत १ अर्ब ८२ करोड, विविध बीमा अर्न्तगत १ अर्ब ५२ करोड, सामुद्रिक बीमा अर्न्तगत ९८ करोड ६६ लाख, हवाई बीमा अर्न्तगत ७२ करोड ६७ लाख र कृषि बीमा अर्न्तगत ३४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको समितिको तथ्याङ्क छ ।
समितिको तथ्याङ्क अनुसार बैशाख सम्ममा ६७ हजार ६६७ मध्ये ५१ हजार ४७१ दाबीको बीमा कम्पनीहरुले ११ अर्ब २६ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । बाँकी ३६ हजार ६७२ दाबी वापत ५ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । यस अवधिमा ५२ दाबीमा मुद्धा परेको थियो भने १० हजार १६६ दाबी मुल्याङ्कन प्रतिबेदन पेश भएको छ ।
बीमा कम्पनीहरुले यस अवधिमा प्रचलनमा ल्याएका ९० प्रकारका योजना मार्फत १४ लाख ८७ हजार १६६ बीमालेखहरु जारी गरेका छन् ।
बीमा कम्पनीहरुले पुर्नबीमा शुल्क वापत ६ अर्ब १० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका छन् भने पुर्नबीमा कमिशन बापत १ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ प्राप्त गरेका छन् । वैशाखसम्ममा पुर्नबीमावाट व्यहोरिने कुल दाबी रकम ७ अर्ब १४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
वैशाखसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुको लगानी २४ अर्ब ९५ करोड ६६ लाख र नगद तथा बैंक मौज्दात २ अर्ब ६ करोड ६१ लाख रुपैयाँ छ ।
यस्तै यस अवधिमा कम्पनीहरुको शाखा विस्तारको क्रम पनि तिब्र भएको छ । निर्जीवन बीमा कम्पनीहरुको ५६५ शाखा कार्यलयहरु पुगेका छन् । निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ४६९ जना कर्मचारीहरु कार्यरत रहको समितिको तथ्याङ्क छ ।