माउन्टेन हाइड्रोको आईपिओ खुल्यो, कसले गर्न पाउँछ आवेदन ?

Jul 06, 2018 Merolagani

माउन्टेन हाइड्रोले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि साधारण सेयर (आईपिओ) निष्काशन गरेकाे छ । माउन्टेनले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावीत स्थानीयबासीका लागि उक्त आइपिओ निष्काशन गरेकाे हो ।

जसमध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपिओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालार्इ छुट्टाइएको छ ।

आइपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । जसमा न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । असार २२ गतेदेखि खुलेको आईपिओमा छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने हुने बिक्री प्रवन्धकले जनाएको छ ।

पाँचथरको फिदिम गाविसमा रहेको २१.६ मेगावाटको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ ।

इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आईपिओबाट संकलन हुने रकम सिभिल तर्फ सुरुङको फिनिसिङ्ग, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिक मेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।