घलेम्दी हाइड्रोको पनि शुक्रबारबाटै खुल्यो साढे ५ लाख कित्ता आईपिओ

Jul 06, 2018 Merolagani

घलेम्दी जलविद्युत आयोजनाले शुक्रबारदेखि स्थानीयका लागि साढे ५ लाख कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गरको छ । हाइड्रोले पहिलो चरणमा असार २२ गतेदेखि शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्र म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि आईपिओ जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र म्याग्दीका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । यो आईपिओ ३ वर्षसम्म शेयर बिक्री गर्न नपाउने शर्त राखेर स्थानीयलाई शेयर आवेदन खुलाएको हो । 

यस आइपिओमा छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेभित्र आवेदन गर्न सकिनेछ । जसमा न्युनतम ५० देखि अधिकतम दुई हजार ७५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । स्थानीयबासीले म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक र आयोजना प्रभावितलाई तोकिएको स्थानबाट शेयर आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने आह्वानपत्रमा उल्लेख छ ।

जारी पुँजी ५५ करोडमध्ये आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ५ करोड ५० लाख र सर्वसाधारणको २० प्रतिशत अर्थात ११ करोड रुपैयाँ लगानी हुने छ ।

पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेपछि कम्पनीले ११ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।