नेशनल लाईफ र सिन्धु विकास बैंकको सेयरमूल्य समायोजन

Jul 06, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार नेशनल लाईफ इन्स्योरेन्स र सिन्धु विकास बैंक (SINDU) को सेयरमूल्य समायोजन भएको छ । नेशनल लाईफको ६० प्रतिशत हकप्रद तथा सिन्धुको ५.९५ प्रतिशत बोनस सेयरपश्चात सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले ६० प्रतिशत हकप्रदपश्चात नेशनल लाईफ (NLICL) को प्रतिकित्ता ७९६ रुपैयाँ ८८ पैसामा मूल्य समायोजन गरेको छ । जसको औसत आधारमूल्य १३९२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । 

त्यसैगरी सिन्धु विकास बैंकले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ५.९५ प्रतिशत बोनसपश्चात बैंकको प्रतिकित्ता १२४ रुपैयाँ ५९ पैसामा सेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

बैंकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य २०६ रुपैयाँ २९ पैसा कायम भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।