शुभम पावरको आईपिओमा आवेदन गर्ने आइतबार अन्तिम दिन, कहाँबाट गर्ने आवेदन ?

Jul 08, 2018 Merolagani

शुभम पावर (SPCL) ले जेठ निष्काशन गरेको साधारण सेयरमा (आईपिओ) आवेदन गर्ने आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीय बासिन्दाका लागि  जेठ २० गतेदेखि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको हो । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ । 

कम्पनीको आईपिओमा आइतबार (असार २४ गते) कार्यालय समयसम्म शुभम पावरको कार्यालय चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्सको तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार तथा एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयरमा आवेदन गर्न सकिने प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ ।

आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ बाँडफाँड पश्चात २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ ।

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।