ब्याजदरको समस्या मौद्रिक नीतिले सम्बोधन गर्छ : अर्थमन्त्री

Jul 09, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी मौद्रिक नीतिले ब्याजदरको समस्या सम्बोधन गर्ने बताएका छन् । राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै सोमबार अर्थमन्त्री खतिवडाले सो जानकारी दिएका हुन् ।

राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक आगामी बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गर्दे ब्याजदरका समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे ।

साथै अर्थमन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय गरी ७२१ वटा सरकारको बजेट निमार्ण भएकाले राजश्व मात्र नभई बजेट खर्च गर्ने अधिकार र आन्तरिक ऋण उठाउने क्षेत्र पनि बाँडिएको उल्लेख गर्दै एकै क्षेत्रमा आउने गरेको बजेट धेरै क्षेत्रमा बाडिँदा बजेटको आकार सानो नभएको बताए । यो बजेट उपयुक्त आकारको भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

बजेट भूगोल तथा जनसंख्या र अन्य सूचकका आधारमा बजेट सन्तुलित रहेको उनको भनाई छ । बजेटले संघीयतलाई अंगालेको हुनाले संघमा रहेका कार्यक्रम पनि स्थानीय तह र प्रदेश तहबाटै कार्यन्वयन हुने बताए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।