कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गरिने

Jul 10, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज सञ्चालनको लागि अनुमति दिने प्रकृया अगाडि बढाउने भएको छ । बोर्डले सोमबार सार्वजनिक गरेको धितोपत्र वस्तु तथा विनियम सम्बन्धी नीति तथा कार्यक्रममा कर्पोरेट मोडलमा नयाँ स्टक एक्स्चेन्जलाई अनुमति दिने उल्लेख गरेको छ ।

बोर्डले धितोपत्र बजारमा अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारी रुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं गुणात्मक रुपमा अघि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्ने प्रकृया अगाडि बढाउने जनाएको छ । 

धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा विस्तार भई ७७ जिल्लामा विस्तार भएकोले दोस्रो बजार कारोबार सुविधा विस्तार गर्न नयाँ स्टक एक्सचेञ्जले सहयोग पुग्ने बोर्डको भनाई छ ।

साथै बोर्डले अन्तर्राष्ट्रिय अभ्यास तथा धितोपत्र सम्बन्धी ऐन नियम अनुसार हुने गरी नेप्से तथा सिडिएससीको पुर्नसंरचना गर्न सहजीकरण गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।