बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाले, आधा दर्जन बैंकहरुले कति दिन्छन् व्याज ?

Jul 10, 2018 Merolagani

नेपाल बैंकर्स संघ र विकास बैंक संघले व्याजदरका सम्बन्धमा पछिल्लो पटक भद्र सहमति गरे पछि बैंकहरुले व्याजदर घटाउन थालेका छन् । यस साता मात्र आधा दर्जनको हाराहारीमा वाणिज्य बैंक तथा विकास बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् । यसले कर्जाको व्याजदरमा पनि गिरावट आउने आशा गरिएको छ ।

पछिल्लो साता स्टाण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, मुक्तिनाथ विकास बैंक र ओम डेभलपमेण्ट बैकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । उल्लेखित बैंकहरुमा मुक्तिनाथ विकास बैंक तथा ओम डेभलपमेण्ट बैंकको निक्षेपको व्याजदर उच्च छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको व्याजदर सबैभन्दा न्युन छ ।

ओम डेभलपमेण्ट बैंकले मुद्धती निक्षेपमा १० देखि साढे ११ प्रतिशतसम्मको व्याजदर प्रस्ताव गरेको छ भने साधारण बचततर्फ ७ देखि ८ प्रतिशतसम्मको व्याजदर प्रस्ताव गरेको छ ।

त्यसै गरि मुक्तिनाथ विकास बैंकले पनि १० देखि साढे ११ प्रतिशतसम्मको व्याजदरमा मुद्धती निक्षेपको प्रस्ताव अघि सारेको छ । साधारण बचततर्फ पनि मुक्तिनाथले ७ देखि ८ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ । मुक्तिनाथले कर्जातर्फको अधिकतम व्याजदर खुद्रा लघुवित्त कार्यक्रमका लागि १९.५४ प्रतिशत व्याजदर तोकेको छ । सेयर कर्जाका लागि १७.५४ प्रतिशत व्याजदर तोकेको बैंकले न्युनतम १६.५४ प्रतिशतको दरमा कृषि कर्जा उपलब्ध गराउने छ ।

यता वाणिज्य बैंकतर्फ सानिमा बैंकले साधारण बचतमा ५ प्रतिशत व्याज दिने भएको छ । साधारण बचततर्फका सबै शिर्षकमा बैंकले ५ प्रतिशत व्याज दिने व्यवस्था गरेको हो । मुद्धती निक्षेपको हकमा भने ज्येष्ठ नागरिकलाई मात्र मासिक रुपमा व्याज भुक्तान गर्दै सामान्य बचतकर्तालाई त्रैमासिक रुपमा न्युनतम साढे ९ प्रतिशतदेखि अधिकतम साढे १० प्रतिशत व्याज दिने भएको छ ।

त्यसै गरी ग्लोबल आईएमई बैंकले निक्षेपमा ४ देखि ६ प्रतिशतसम्म व्याज दिने प्रस्ताव गरेको छ । एउटा शिर्षकमा मात्र ६ प्रतिशत व्याजदर प्रस्ताव गरेको बैंकको सबै शिर्षकको व्याजदर साढे ५ प्रतिशतभन्दा तल छ ।

एभरेष्ट बैंकले साधारण बचतकर्तालाई ३ देखि पौने ५ प्रतिशतसम्म मात्र व्याज दिने भएको छ । बैंकले कुल २३ शिर्षकका बचत योजनामा सेभिगं पेन्सनलाई मात्र पौने ५ प्रतिशत व्याज दिने भएको हो । एभरेष्टका धेरै शिर्षकका बचत योजनाको व्याजदर साढे ३ प्रतिशतभन्दा तल छ ।

निक्षेपमा सबैभन्दा थोरै व्याज दिने स्टाण्डर्ड चार्टर्ड बैंकको ११ वटा बचत योजना मध्ये ८ वटाको व्याजदर २ देखि पौने ३ प्रतिशतसम्म छ । बाँकी ३ वटा बचत योजनामा बैंकले ३ देखि ४ प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको हो ।

बैंकहरुको निक्षेपको व्याजदर सस्तो हुँदा कर्जाको व्याजदर पनि स्वभाविक रुपमा सस्तो हुन्छ । अहिले चर्को व्याजदरका कारण समग्र वित्त बजार नै हलचलको अवस्थामा पुग्दा व्याजदरमा आएको गिरावटले केही राहत पुग्ने आँकलन गर्न सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।