प्रभु बैंकको मनाङ र मुस्ताङमा शाखा कार्यालय स्थापना

Jul 10, 2018 Merolagani

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंक (PRVU) ले मनाङ र मुस्ताङमा असरा २५ गतेदेखि शाखा कार्यालय स्थापना गरेको छ ।

मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङ स्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनबाट र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा स्थित बैंकको नाशोङ शाखा, कार्यालय नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेबाट उद्घाटन भएको बैंकले जनाएको छ । 

सोमबारदेखि सञ्चालनमा आएको बैंकको थासाङ शाखा र नाशोङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।