समता माइक्रोफाइनान्सको ५०% हकप्रद खुल्यो,असार ११ गते कायम सेयरधनीले मात्र पाउने

Jul 11, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) को ५० प्रतिशत हकप्रद बुधबारदेखि खुला भएको छ । लघुवित्तले हकप्रद निष्काशन गर्न असार १२ गते मंगलबार सेयरधनी किताब बन्द गरेकाले असार ११ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

कम्पनीले दुई बराबर एक अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले यो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

समताले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । सेयरधनीले हकप्रदमा साउन २९ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन्

लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

मंगलबारबार लघुवित्तको सेयर प्रतिकित्ता १३७७ रुपैयाँमा कारोबार भएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।