मिर्मिरे लघुवित्तको हकप्रद बुधबारदेखि खुल्यो, साउन २९ गते अन्तिम

Jul 11, 2018 Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले असार २७ गते बुधबारदेखि हकप्रद सेयर निष्काशन गरेको छ । लघुवित्तले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा जेठ १७ गतेसम्म कायम रहेका सेयरधनीले साउन २९ गतेसम्म आवेदन गर्न पाउनेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटबल र धनगढी र शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन गर्न सकिने जनाइएको छ ।

चार करोड ५० लाख चुक्ता पूँजी रहेको लघुवित्तको शतप्रतिशत हकप्रद पूँजीकरण पश्चात चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । गत बर्षको नाफाबाट लघुवित्तले ३०.८० प्रतिशत बोनस वितरण गरेको छ । बोनस पश्चात कम्पनीको पूँजी १० करोड ३८ लाख ६० हजार कायम हुनेछ ।

लघुवित्तको सेयरमूल्य मंगलबार प्रतिकित्ता एक हजार ५६० रूपैयाँ रहेको छ । गत भदौ २६ सम्पन्न लघुवित्तको विशेष साधारणसभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।