बाणिज्य बैंकहरुले ८५ अर्ब सेयर कर्जा प्रवाह गर्नसक्ने

Jul 11, 2018 Merolagani

सेयरमूल्य २० प्रतिशत घटे मात्र मार्जिन कल 

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको सीमा ४० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झारेको छ । अधिकांश बाणिज्य बैंकहरुको आठ अर्ब चुक्ता पूँजी पुगिसकेको तथा जगेडा कोषको आकार समेत बढेपछि राष्ट्र बैंकले यस्तो सीमा घटाएको हो ।

हाल बाणिज्य बैंकहरुको प्रथामिक पूँजी तीन खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।

मार्जिन कर्जाको सीमा घटाएपनि २८ बाणिज्य बैंकहरुसँग कूल ८५ अर्ब रुपैयाँसम्म सेयर कर्जा गर्नसक्ने क्षमता देखिएको छ । जुन प्रतिशतको आधारमा कम देखिएपनि रकमका आधारमा भने विगतको भन्दा बढी नै हुन आउँछ । 

अहिलेसम्म २८ मध्ये २५ बाणिज्य बैंकले आठ अर्ब पूँजी पुर्याइसकेका छन् । असार मसान्तसम्म थप दुई बैंकको चुक्ता पूँजी पुग्ने र एकको भने अझै नपुग्ने देखिन्छ ।

यसैगरि शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

यसअनुसार मार्जिन लोन लिएका लगानीकर्ताहरुलाई बैंकहरुले १८० दिनको औषत मूल्य भन्दा २० प्रतिशत घटेपछि मात्रै मार्जिन कल गर्न पाउनेछन् । यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि फोन गर्दे आईरहेका थिए ।

राष्ट्र बैंकको यस व्यवस्थाले शेयर धितो ऋण लिएका लगानीकर्ताहरुलाई राहत पुग्ने भएको छ । शेयर धितो ऋण लिएको एक वर्षभित्र यस्तो कर्जा चुक्ता गर्नुपर्ने व्यवस्था छ । एक वर्षसम्म पनि लगानीकर्ताले ऋण नतिरेमा भने धितोमा रहेको उक्त सेयर बैंकले लिलामी गर्न पाउने व्यवस्था छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।