राष्ट्र बैंकको एउटा निर्णयले बैंकहरुमा ४८ अर्ब तरलता थपियो

Jul 11, 2018 Merolagani

केन्द्रीय बैंकले तरलता सहज पार्न सीआरआर (क्यास रिजर्भ रेसियो) मा सहजीकरण गरेपछि  बैंकहरुमा ४८ अर्ब तरलता थपिने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दे सीआरआर घटाएपछि यस्तो अवस्था आएको हो।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले सीआरआर ४ प्रतिशतमात्र कायम गरेको छ । यसअघि वाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकले ५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत सीआरआर कायम गर्नुपर्ने व्यवस्था थियो ।

सीआरआरमा गरिएको कटौतीबाट करिब ४८ अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दे सो जानकारी दिए । तरलता सहज भएपछि निक्षेप तथा कर्जाको ब्याजदरमा समेत कमी आउने विश्वास गरिएको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।