वाणिज्य बैंकले एक महिनाको सुन एकैपटकमा खरिद गर्न सक्ने

Jul 11, 2018 Merolagani

वाणिज्य बैंकहरुले एक महिनासम्मको लागि एकमुष्ठ रूपमा एकै पटक सुन किन्न पाउने भएका छन् । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

मौद्रिक नीतिको १३६ औं बुंदामा ‘वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार दैनिक २० किलोको सीमा भित्र रही वाणिज्य बैंकहरुले एकै पटक महिनासम्मको आयात गर्न पाउनेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।