पाँच प्रतिशत ब्याज अनुदानमा शैक्षिक कर्जा, उद्यमशील कर्जामा ६ प्रतिशत

Jul 11, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनीक गरेको मौद्रिक नीतिमा प्रमाणपत्र धितोमा ५ प्रतिशत ब्याज अनुदानमा शैक्षिक कर्जा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा ऋण उपलब्ध गराउने घोषणा गरेको हो।

आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा अध्ययनको लागि सरकारले ५ प्रतिशत ब्याज अनुदानमा ऋण दिने भएको हो ।

साथै, मौद्रिक नीतिले कृषि क्षेत्रमा लगानी अभिबृद्धि गर्न व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यविधिमा आवश्यक परिमार्जन गर्ने उल्लेख गरेको छ ।

सरकारले दलित समुदायलाई ब्यवसाय गर्न सामुहिक जमानीमा उपलब्ध गराउने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने भएको हो ।

त्यस्तै महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले दिने १५ लाख सम्मको सामुहिक जमानीमा ६ प्रतिशत ब्याज अनुदान दिने भएको छ । साथै सरकारले कृषि क्षेत्रमा लगानी अभिबृद्धि गर्न ब्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा सम्बन्धी कार्य्विधिमा परिमार्जन गर्ने भएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।