नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट कार्यान्वयन गर्न प्रमको निर्देशन

Jul 12, 2018 RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको करीब छ घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन गर्दा त्यसबाट प्राप्त हुने प्रतिफल तोकेर अघि बढ्न निर्देशन दिएका हुन ।

उनले समृद्धि, विकास, सुशासन र स्थिरताको जनताको चाहनालाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

बजेट र कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमित अनुगमनसमेत गर्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको हो । आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष सचिवहरुले सरकारको वार्षिक र पञ्चवर्षीय योजनाबारे प्रस्तुतीकरण गरेको जानकारी दिए । छलफलमा २१ वटै मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।